गायक हेमन्त राना र कृष्ण देवकोटाले अमेरिकाको जर्जिया तताउँदै

डिसी नेपाल
२ असोज २०७६ १७:०६

अमेरिका। यसपालिको दशैं–तिहार अमेरिकाको जर्जिया राज्यमा बस्ने नेपाली समुदायले बरिष्ठ गायक हेमन्त राना र कृष्ण देवकोटाको साथमा मनाउने भएका छन्।

दशैं–तिहारको उपलक्ष्यमा नेपाली एशोसियसन अफ जर्जियाले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको लागि गायक राना र देवकोटा अमेरिकाको जर्जिया पुग्ने भएका हुन्।

कार्यक्रममा गायक राना र देवकोटासँगै स्थानीय कलाकाहरूको पनि बेजोड प्रस्तुती रहने आयोजक संस्था नेपाली एशोसियसन अफ जर्जियाले जनाएको छ।

आगामी अक्टोबर ५ तारिख शनिबार बेलुका ५ बजेदेखि अल्टानाको ग्लोबल मलमा हुन् लागेको उक्त सांस्कृतिक कार्यक्रममा स्थानीयसहित छिमेकी राज्यहरूबाट पनि नेपाली समुदायको सहभागिताको लागी  नेपाली एशोसियसन अफ जर्जियाले निमन्त्रणा गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *