गायक हेमन्त राना र कृष्ण देवकोटाले अमेरिकाको जर्जिया तताउँदै
अमेरिका। यसपालिको दशैं–तिहार अमेरिकाको जर्जिया राज्यमा बस्ने नेपाली समुदायले बरिष्ठ गायक हेमन्त राना र कृष्ण देवकोटाको साथमा मनाउने भएका छन्।
दशैं–तिहारको उपलक्ष्यमा नेपाली एशोसियसन अफ जर्जियाले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको लागि गायक राना र देवकोटा अमेरिकाको जर्जिया पुग्ने भएका हुन्।
कार्यक्रममा गायक राना र देवकोटासँगै स्थानीय कलाकाहरूको पनि बेजोड प्रस्तुती रहने आयोजक संस्था नेपाली एशोसियसन अफ जर्जियाले जनाएको छ।
आगामी अक्टोबर ५ तारिख शनिबार बेलुका ५ बजेदेखि अल्टानाको ग्लोबल मलमा हुन् लागेको उक्त सांस्कृतिक कार्यक्रममा स्थानीयसहित छिमेकी राज्यहरूबाट पनि नेपाली समुदायको सहभागिताको लागी नेपाली एशोसियसन अफ जर्जियाले निमन्त्रणा गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment