सी पथबारे प्रशिक्षण लोकतन्त्रका लागि खतरा : पौडेल

डिसी नेपाल
३ असोज २०७६ १६:१४

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दल नेकपाले सी पथबारे प्रशिक्षण गर्न लागेको भन्दै त्यो नेपालको नेपालको लोकतन्त्रका लागि खतरा रहेको बताएका छन्। नेकपाले चिनियाँ राष्ट्रपति सी जिङपिन पथबारे प्रशिक्षण गर्न लागेको छ।

गण्डक टोखा प्रजातान्त्रिक समाजद्वारा शुक्रबार काठमाडौंमा आयोजित बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले कम्युनिष्ट सिद्धान्तलाई लागू गर्नका लागि चिनिया कम्युनिष्ट पार्टीबाट प्रशिक्षण लिने सबै अधिकार आफैमा केन्द्रित गर्ने अभियान शुरु गरेको बताए ।

पौडेलले भने, ‘नेपालीलाई अहिले चिनियाँ मोडेलको शासन व्यवस्थाबारे प्रशिक्षण दिनु, सवै अधिकार एकजनामा केन्द्रित गर्नु कम्युनिष्ट अधिनायकवादतर्फ उन्मुख हुने संकेत हुन् । अहिलेको समस्या भनेको संविधान कार्यान्वयन गर्ने भन्दा पनि कम्युनिष्टको घोषणापत्र कार्यान्वयन गर्ने प्रयास गरेकाले भएको हो । त्यही भएर आम जनतामा असन्तुष्टि बढ्दै गएको छ ।’

पौडेलले जनता असंतुष्ट भएपछि आफ्नो सत्ताको नियन्त्रणमा आफ्ना कार्यकर्ता पोस्न लागेको बताए । पौडेलले भने,  ‘आम जनता असंतुष्ट छन् तर सरकारलाई कुनै चासो छैन् । कम्युनिष्ट पार्टीको सरकार सत्ताको बलमा कार्यकर्ता पोसेर नयाँ वर्ग जन्माउन लागेको छ ।’

पौडेलले अहिले विचार सिद्धान्तको राजनीति कमजोर हुँदै जात धर्म र भूगोलको राजनीतिले प्रश्रय पाउन लागेको बताए । उनले जात धर्म र भूगोलको नाममा राजनीति ध्रुविकरणको प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे । पौडेलले विकासमा पनि बाधा उत्पन्न भएको बताए ।

उनले वीपी कोइरालाले देखाएको बाटोका बारेमा आम कांग्रेस कार्यकर्तालाई एकपटक प्रशिक्षित गर्नुपर्ने बेला भएको बताए । पौडेलले वीपी कोइरालाले विकास कसरी गर्न सकिन्छ भन्ने मोडेल प्रस्तुत गरेको भन्दै आम कांग्रेस कार्यकर्ताले वीपीको विचारमा बहस गर्न सक्ने हुनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *