काठमाडौंमा ‘असोज तीन कालो दिन’ भन्दै आदिवासी जनजातिद्वारा प्रदर्शन, ३ जना पक्राउ
गाेविन्द छन्त्यालकाे फेसबुकबाट
काठमाडौं । काठमाडौंको बसन्तपुरमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायले ‘असोज तीन कालो दिन’ भन्दै प्रदर्शन गरेका छन्।
प्रदर्शनकै क्रममा संविधान जलाउने खोजेको भन्दै प्रहरीले बसन्तपुरबाट तीन जनालाई पक्राउ गरेको छ।
संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्लामी र सीताराम थारुलाई प्रहरीले पक्राउ गरेको विभिन्न मिडयाले उल्लेख गरेको छ।
आफ्ना हकाधिकारलाई बञ्चित गरेको भन्दै संविधान संसोधनको मागसहित विरोध गरेको व्यानरमा लेखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment