संसारकै अग्लो टावर बुर्ज खलिफामा फरफरायो नेपाली झण्डा
काठमाडौं। संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै ठूलो टावर बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ। अबुधावीस्थित नेपाली दूतावासले बुर्ज खलिफामा नेपाली झण्डा फहराएको बताएको छ।।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर संसारकै अग्लो टावर बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा फहराएको हो। दर्जनौं देशका हजारौ मान्छेले नेपालको राष्ट्रिय झन्डा फरफराएको अवलोकन गरेको दुतावासले जनाएको छ।
दूतावासले आफनो फेसबुकमा लेखेको छ, ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पल्ट नेपालको राष्ट्रिय झन्डा झलमलायो भयो । दर्जनौं देशका हजारौ मान्छेले नेपालको राष्ट्रिय झन्डा फरफराएको अवलोकन गरे। हाम्रो अनुरोधलाई स्वीकार गरी यस अभूतपूर्व कार्यमा सहयोग गर्ने संयुक्त अरब इमिरेट्स सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment