आज पनि बढ्यो सुन-चाँदीको भाउ

डिसी नेपाल
५ असोज २०७६ ११:०३

काठमाडौँ । आज (आइतबार) पनि सुनको मूल्य उकालो लागेको छ । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनमा भाउ आज पनि ३ सय रुपैयाँ बढेको हो ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन ७१ हजार तथा तेजावी सुन ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो । काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *