एनआई सी एशिया बैंकले थप्यो वीरगञ्जमा नयाँ शाखा

डिसी नेपाल
६ असोज २०७६ १३:३२

वीरगञ्ज।  एनआईसी एशिया बैंकले वीरगञ्ज माहानगरपालिका नयाँ शाखा कार्यालयको सोमबार उद्घाटन गरिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं ११ , पावरहाउस स्थित एनआईसी एशिया बैंकको शाखाको वीरगञ्ज उधोग बाणिञ्य संघका अधयक्ष गोपाल केडियाले एक समारोहकाबीच उदघाटन गरेका हुन्।

बैंकलाई जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा पर्सा जिल्लामा ३ शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्सन काउण्टर रहेको छ। बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दा उत्साही बनेको एनआईसी एशिया बैंक पावरहाउस शाखाका प्रबन्धक नितेशराज सत्यालले बताए।

उनका अनुसार, शाखामा २ हजार ७ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने कारोबार तर्फ बैंकको ३८ करोड निक्षेप लगानी र १२ करोड बचत रहेको छ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको एनआईसी एशिया बैंकले शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्य लिएको छ।

योसँगै पर्सा जिल्लाको गा्रमी क्षेत्र भिस्वा, लगडी ,जगरनाथपुर र जिराभवानीमा एक्सटेन्सन काउण्टर सुचारु गरिसकेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *