बालिका बलात्कारको कसुरमा १४ वर्ष कैद फैसला
सांकेतिक तस्बिर
स्याङ्जा । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ।
विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए।
रानाले २०७५ भदौ २० गते बलात्कार गरेको भनी बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
उजुरीका आधारमा आरोपित रानालाई प्रहरीले सोही दिन गिरफ्तार गरेर अनुुसन्धान प्रक्रिया अगाडि बढाएको र बालिकाको २०७५ भदौ २२ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment