कृषि विकास बैंक लुट प्रकरण स्याङ्जासम्म तानियो, वालिङबाट भुसाल पक्राउ

डिसी नेपाल
९ असोज २०७६ १४:४६

काठमाडौं। कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार चोरी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले स्याङ्जा, वालिङका रामकृष्ण भुसाललाई बिहीबार स्याङ्जाबाटै पक्राउ गरेको हो।

प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर रहेका भुसालको खातामा ह्याक गरी चोरी गरिएको रकममध्ये ६५ लाख रुपैयाँ पठाइएको थियो।
यसअघि महाशाखाले बुधबार सोही प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको थियो।

१२ जना पक्राउ मध्ये बुधबार प्रहरीले ४ जनालाई सार्वजनिक गरेको हो। उनीहरुबाट ४० लाख ५० हजार बरामद थियो।

यो पनि पढ्नुहोस्:-

यी हुन् कृषि विकास बैंक लुटेको अभियोगमा पक्राउ परेका १२ जना


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *