मन्त्रिपरिषदका १४ निर्णय : पूर्व राष्ट्रपतिको उपचार खर्चदेखि एसिड आक्रमणका पीडितलाई आर्थिक सहयोगसम्म

डिसी नेपाल
९ असोज २०७६ १७:०५

काठमाडौं। सरकारले एसिड आक्रमणमा परेका दुई किशोरीको खर्चका लागि जनही ३–३ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषदल् आक्रमणमा परी घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई यस्तो सहयोग दिने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले यही असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरे।
उनका अनुसार सो दिन मन्त्रिपरिषद्ले विभिन्न १४ वटा निर्णय गरेको छ।

सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च दिनेसमेत निर्णय गरेको जानकारी दिए। भारतको चण्डिगढमा उपचार गराएका राष्ट्रपति यादवलाई दिल्लीस्थित नेपाली दूतावासमार्फत सो सहयोग गर्न निर्णय गरिएको छ।

यस्तै सरकारले एकजना भारतीयले नेपाली नागरिकता लिएको भन्दै सो नागरिकतासमेत खारेज गरेको छ। मोरङबाट नेपाली नागरिकता लिएका शम्भुप्रसाद मण्डलको नागरिकता खारेज भएको हो।

सरकारले अन्य विभिन्न १४ वटा निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *