कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको ध्यान जाओस्: प्रचण्ड
फाइल तस्विर
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्ने बताएका छन्।
राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले श्रमजीवी किसानहरूको मेहनत, पसिना र समर्पणले नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको बलियो आधार निर्माण गरेको उल्लेख गरे।
कृषि क्षेत्र नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको स्पष्ट पार्दै नेता प्रचण्डले हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत र समर्पणबाट मात्र देश आत्मनिर्भर बन्न सक्ने धारणा राखे।
उनले देशमा धान रोपाइँको मुख्य समय सुरु भइसक्दा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे।
किसानहरूले पर्याप्त मल, गुणस्तरीय बीउबिजन तथा सिँचाइ सुविधा समयमै प्राप्त गर्न नसक्दा उत्पादनमा असर पर्ने तर्फ ध्यानाकर्षण गराउँदै उनले सरकारलाई किसानमैत्री नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा तत्काल कार्यान्वयन गर्न विशेष आग्रह समेत गरेका छन्।






डिसी नेपाल





Facebook Comment