सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेता पौडेलको म्याद थपका लागि विशेष अदालतमा उपस्थिति
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेतालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्ने तयारी गरिएको छ।
यसै सिलसिलामा सोमबार अपराह्न अभियुक्त पौडेललाई काठमाडौँस्थित विशेष अदालतमा उपस्थित गराइएको छ। प्रहरीका अनुसार हिरासतमा राखेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउन आवश्यक म्याद थपको अनुमतिका लागि उनलाई विशेष अदालतमा पेस गरिएको हो।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर कसुरको आरोपमा गत असार ८ गते सुर्खेतबाट प्रहरी टोलीले पक्राउ गरेको थियो। पक्राउ लगत्तै विशेष अदालतले पहिलो पटक असार ८ गतेदेखि नै लागू हुने गरी सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
अदालतले यसअघि दिएको उक्त सात दिनको म्याद गत असार १४ गते सकिएकाले, अनुसन्धानको बाँकी कार्य सम्पन्न गर्नका लागि प्रहरीले विशेष अदालतबाट पुनः थप दिनको अनुमति लिन लागेको हो।






डिसी नेपाल





Facebook Comment