पार्टी बलियो हुन भ्रातृ सङ्गठन मजबुत हुनुपर्छ : कोइराला

डिसी नेपाल
९ असोज २०७६ २१:३५

चौतरा। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमा गुट उपगुट रहेसम्म पार्टी झनझन कमजोर हुँदै जाने बताएका छन्। उनले पार्टी नेतृत्वले गुट उपगुट हटाउन पहल गर्नुपर्ने बताए।

प्रजातन्त्र सेनानी सङ्घ सिन्धुपाल्चोकद्वारा बिहीबार सिन्धुपाल्चोकको चौतारामा आयोजीत कार्यक्रममा नेता कोइरालाले पार्टी बलियो हुन भातृ सङ्गठन मजबुत हुनुपर्ने बताए। वर्तमान सरकारले प्रतिपक्षसँगको गहन छलफलबिना मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा तथा गुठीसम्बन्धी विवादास्पद विधेयक ल्याउन नहुने उनको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले देशलाई कमजोर अवस्थामा पुर्याएको आरोप लगाए। प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष टङ्क कँडेलले प्रजातन्त्र रक्षाका लागि काङ्ग्रेस क्रियाशील भएर लागेको बताए।

कार्यक्रममा २००७ सालदेखि २०४६ सम्मको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *