काठमाडौँबाट शुक्रबार मात्रै १२ हजार ७९५ सवारी बाहिरिए

डिसी नेपाल
११ असोज २०७६ ८:५९

काठमाडौँ । नेपालीहरुको महानपर्व सुरु भएसँगै घर फर्किनेको संख्या ह्वात्तै बढेको छ। हिजो शुक्रबार मात्रै काठमाडौँबाट १२ हजार ७ सय ९५ वटा सवारी साधन बाहिरिएका छन्।

शुक्रबार नागढुँगाबाट ५ हजार ६ सय ९५ सवारी बाहिरिएका छन् भने जगातीबाट सबैभन्दा बढी ६ हजार ३ सय १३ सवारी साधन बाहिरिएका छन् । त्यस्तै मुड्खु भञ्ज्याङ्बाट एक सय ४८, फर्पिङबाट ६ सय ३९ गरी जम्मा १२ हजार ७ सय ९५ सवारी बाहिरिएका हुन् भने विभिन्न नाकाबाट ११ हजार ४ सय ४५ सवारी साधन काठमाडौँ भित्रिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार एक सय १७ सवारी साधन मापसे कारवाहीमा परेका छन् भने ८८ सवारी साधन लेन अनुशासनको कारवाहीमा परेका छन् ।

त्यस्तैगरी बढी भाडा लिएका २७ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ भने जेब्राक्रसिङमा रोकेका १८ सवारी कारवाहीमा परेका छन् ।

काठमाडौँ महानगरभित्र मात्रै शुक्रबार विभिन्न कसुरमा १३ सय ४२ सवारी साधन कारवाहीमा परेका छन् भने ४७ वटा सवारी दुर्घटनामा परेका छन् । ती दुर्घटनामा परी २३ जना सामान्य र ९ जना गम्भीर गरी जम्मा ३२ जना घाईते भएका छन् ।

(शुक्रबारको सवारी तालिकाः महानगरिय ट्राफिक प्रहरी महाशाखा)

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *