नेकपा कार्यकर्ताद्वारा काँग्रेस नेता मिनेन्द्र रिजाललाई तनहुँ जान अवरोध

डिसी नेपाल
१२ असोज २०७६ १८:३०

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले तनहुँमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका नेपाली काँग्रेस नेता डा. मिनेन्द्र रिजालको बाटो अवरोध गरेका छन्। उनीहरुले नेता रिजाललाई तीन घण्टासम्म बाटोमा रोकेको काँग्रेसले जनाएको छ ।

रिजाल तनहुँको ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ गएका थिए । तर नेकपाका कार्यकर्ताले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका थिए। ‘

‘भवन निर्माणमा हाम्रो विरोध छ’ भन्दै बाटो छेकेका थिए । आफूले यसबारे छलफल गर्न सकिने तर कार्यक्रमस्थलमा नपुगी कुनै हालतमा नफर्कने अडान लिएर तीन घन्टा उभिएर बसेको उनले सुनाए ।

नेकपा कार्यकर्ताको अवरोधबारे थाहा पाएपछि कांग्रेस कार्यकर्ता पनि त्यहाँ पुगेका थिए । त्यसपछि उनीहरुले अवरोध हटाएको नेता रिजालले जानकारी दिए । नेता रिजालले भने, ‘लोकतन्त्रका लागि कसैबाट खतरा छ भने यो सरकारबाट मात्र छ ।’

नेकपाका कार्यकर्ताले मण्डले शैलीमा अवरोध गरेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका छन् । ‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु’ पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

सरकारले यस्ता गतिविधि नियन्त्रण नगरे कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *