सर्वोच्चमा उपेन्द्रको रिट
जसपाबाट विभाजित सांसदहरुलाई विश्वासको मत दिन रोक लगाउन माग
काठमाडौं। जसपाबाट विभाजित सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन रोक लगाउन माग गर्दै उपेन्द्र यादवले सर्वोच्च अदालतमो रिट दायर गरेका छन्।
जसपा नेपालका अध्यक्ष यादवले आजै सर्वोच्च अदालतमा प्रधानमन्त्रीले (सोमबार) जेठ ७ गते लिने भनेको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन माग गरेका छन् ।
जसपा, नेपालको विभाजनको अन्तिम फैसला भने अदालतले यही जेठ ८ गते दिने भएको छ। उनले सर्वोच्चको सो फैसला आउनु अगावै विश्वासको मत लिने प्रक्रिया रोक्न माग गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment