मानवसेवा आश्रमलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

डिसी नेपाल
१३ असोज २०७६ ६:०९

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट रु एक करोड सहयोगको घोषणा गरेका छन् ।

भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्यका कामका लागि हुने गरी सो रकम सहयोग गरिने जनाए ।

निःस्वार्थ र समाजसेवी भावनाले सो संस्थमा आबद्धको अभियानबाट आफू प्रभावित भएकाले सरकार र स्थानीय तहले यस्तो अभियानमा सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

उनले नेपाललाई चाँडै सडक बेसहारा र सडक बालबालिकामुक्त देश घोषणा गर्न सरकारी र मानवीय मन भएका सबैको पहल हुनुपर्नेमा जोड दिए ।

उनले भने, “मुलुकको समृद्धि केवल आर्थिक समृद्धि मात्र होइन, हामी मन र सभ्यताको समृद्धिको तहमा पनि पुग्नुपर्छ ।

केही नगरी केवल हल्ला र विरोध गरेर हिँड्नुको साटो यस्तै समाजसेवामा लाग्नु धेरै उचित हुनेछ।” मकवानपुरमा मुख्यालय रहेको सो संस्थाले मुलुकका विभिन्न १४ स्थानमा यस्तै आश्रममा गरी करीब ८०० बेसहारालाई पालनपोषण गर्दै आएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *