गृहमन्त्रीको घोषणा कार्यान्वयनमा, सडकमा खटिए मापसे गर्ने सवारी चालक (तस्बिरहरु)

दिपा पौड्याल
१६ जेठ २०८१ १५:३२

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले १७ औं गणतन्त्र दिवसको अवसरमा गरेको घोषणा कार्यान्वयन गरेका छन्। मापसे गरेका सवारी चालकलाई कारबाहीस्वरुप सवारी व्यवस्थापनमा सघाउन स्वयंसेवक बनाउने उनको घोषणा आज (बुधबार)देखि कार्यान्वयन भएको छ।

मंगलबार गृहमन्त्री लामिछानेले १७ औं गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मापसे गरेर सवारी साधन चलाउनेलाई सवारी व्यवस्थापनमा खटाउने र महिला ट्राफिक प्रहरीलाई महिनावारीको समयमा चार दिन बिदा दिने घोषणा गरेका थिए।

गृहमन्त्रीको घोषणा बमोजिम बुधबारदेखि मापसे गरेर सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले सडकमा सवारी व्यवस्थापनका लागि खटाइएको छ। साथै महिनावारी भएका महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा दिने निर्णय गृहमन्त्रीले घोषणा गरेकै दिनदेखि लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

हेर्नुहोस् तस्बिरहरु

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *