वरिष्ठ कलाकार शारदा चित्रकारको पुस्तक ‘समय चक्र’ विमोचित
काठमाडाैं। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कलाकार शारदा चित्रकारद्वारा लिखित कला विषयक पुस्तक ‘समय चक्र’ विमोचन गरिएको छ।
नेवार महिला समूहको आयोजनामा भएको कार्यक्रममा ललितकला प्रज्ञा-प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार, पूर्वमन्त्री ऋद्धिबाबा प्रधान र लेखिका चित्रकारले संयुक्त रूपमा पुस्तक विमोचन गरे।
कार्यक्रममा कुलपति एरिना ताम्राकारले शारदा चित्रकारको समग्र कलाजीवनमाथि प्रकाश पारिन्। ८६ वर्षीया चित्रकार अझै पनि कला साधना र सिर्जनामा उत्तिकै सक्रिय रहेको भन्दै उनले सबै कलाकारका लागि प्रेरणाको स्रोत भएको बताइन्।
परम्परागत नेवार चित्रकलाको संरक्षणमा चित्रकारको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले यो पुस्तक नेपाली चित्रकला क्षेत्रका लागि एउटा महत्वपूर्ण दस्तावेज हुने धारणा राखिन्।
त्यसैगरी पूर्वमन्त्री ऋद्धिबाबा प्रधानले नेपाली कला क्षेत्रमा शारदा चित्रकारको अतुलनीय योगदान रहेको चर्चा गरिन्। जीवनभर कला साधना dedicate गरेकी स्रष्टाले लेखेको ‘समय चक्र’ पुस्तकले कला जगत्का धेरै महत्त्वपूर्ण तथ्यहरू उजागर गर्ने विश्वास उनले व्यक्त गरिन्।
लेखिका शारदा चित्रकारले पुस्तकमा आफ्ना कलाकृतिको सचित्र वर्णन प्रस्तुत गरिएको जानकारी दिइन्। आफ्ना पिता मास्टर तेजबहादुर चित्रकारको प्रेरणाले नै आफू कला क्षेत्रमा प्रवेश गरेको स्मरण गर्दै उनले चित्रकार पुँ जातिको परम्परागत कला संरक्षणमा आफूले पुर्याएको योगदानबारे पनि चर्चा गरिन्।
कुल ३०३ पृष्ठको उक्त पुस्तक आकर्षक साजसज्जा र रङ्गिन तस्बिरहरूसहित प्रकाशित गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment