संगीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ गीतको भिडियो सार्वजनिक

डिसी नेपाल
१३ जेठ २०८१ २१:३०
196
Shares

काठमाडौं। गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको ‘तिमी सुस्तरी छेउ आइदेउन’ गीतको भिडियो सार्वजनिक गरिएको छ।

किरण भुजेल र ममता गुरुङको युगल स्वर रहेको सार्वजनिक गीतमा नवीन श्रेष्ठको शब्द सिर्जना र संगीतकार नागेन्द्रको संगीत छ। राहुल प्रधानले एरेन्ज गरेका छन्। सफल प्रेमको कथा देखाइएको भिडिओ क्लासिक फ्लेभरमा तयार पारिएको र फरक स्वादसहित आएको संगीतकार श्रेष्ठ बताउँछन्।

म्युजिक भिडिओमा जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय देख्न सकिन्छ। किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त भिडिओको निर्देशन तथा कोरियो केशवराज भट्टले गरेका हुन्।

विशाल थापाको छायांकन साथै दिनसन शाहको सम्पादन रहेको भिडिओ संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *