अमेरिकामा ‘शेर्पा संघ अमेरिका’लाई सम्मान

डिसी नेपाल
१३ असोज २०७६ २३:५०

अमेरिका । न्युयोर्कमा गत सेप्टेम्बेम्बर २२ का दिन अमेरिकमा रहेका दक्षिण एशियको बिभिन्न संघ(सस्थाहरुले संयुक्त रुपमा आयोजना गरिएको दक्षिण एशियाली अमेरिकन सम्मेलन २०१९ (South Asian American convention 2019) मा शेर्पा संघ अमेरिकालाई सम्मानित गरिएको थियो।

सो सम्मान (Plaque) लाई शेर्पा संघ अमेरिकाको वर्तमान कार्यसमितिका कार्यवहाक अध्यक्ष लक्प देण्डी शेर्पा, उपाध्यक्ष मिङमर शेर्पा, महासचिव फुर्बा शेर्पा, सहकोषाध्यक्ष आङ पासाङ (AP) लामा लगायत संघको अन्य सदस्यहरुमा गेल्बु शेर्पा, आङ छिरीङ शेर्पा, लक्ष्मी शेर्पा र सोनाम गेल्बु शेर्पाले संयुक्त रुपमा ग्रहण गरिएको छ।

शेर्पा संघ अमेरिकाले स्थापनाकालदेखि नै अरु संघ सस्थाहरुसँग समन्वय गर्दै अमेरिकामा आयोजना ठुला कार्यक्रम नेपाल डे परेडको नेत्रित्व गर्ने, सडकको नाम सगरमाथा राख्न पहल गर्ने र शेर्पा समुदाय र नेपाली समुदायलाई अमेरिकी मूलधारमा प्रबेश गर्ने मूख्य भूमिका खेल्दै आएको छ।

हालै सम्पन्न साउथ एशियन अमेरिकनहरुको भेलाको पनि शेर्पा संघ अमेरिका आयोजक रहेको थियो। शेर्पा संघ अमेरिका साउथ एशियन भोटर एशोसिएसनको बोर्ड सदस्य रहेका छन् ।

शेर्पा समुदायमा शेर्पा अमेरिका समुदायमा राजनीतिक चेतनाको अभिब्रिति गर्ने र अभिमुखीकरन गर्ने उद्धेश्यले स्थापना भएको हो। शेर्पा संघ अमेरिकाले न्युयोर्क राज्यका जनप्रतिनिधिहरुसँग मिलेर काम गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *