चितवनको कारागारमा रहेका एक कैदीको मृत्यु
चितवन । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ। कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन्।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा विसं २०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो।
अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो।
उनको उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो। मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
प्रतिक्रिया
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment