सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

डिसी नेपाल
१५ असोज २०७६ १२:३१

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका ११ सतुङ्गलस्थित सडकमा बा.३ ख ३८१७ नम्बरको टिपरले बा.२६ प ४९०३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार चितवन रत्ननगर नगरपालिका-१६ घर भएका २५ वर्षीय सुनिल अधिकारीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर महालक्ष्मी नगरपालिका-२ ईमाडोल घर भएका ४१ वर्षीय टिका बहादुर बानियाको ओम समाज अस्पताल सतुंगलमा उपचार भइरहेको छ। दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुर, ललितपुर महानगरपालिका-२७ स्थित सडकमा बा.४ ख ८२५० नम्बरको बसले पैदलयात्री सोही महानगरपालिका सुनाकोठी बस्ने अन्दाजी ७० वर्षीया रुकु कार्कीलाई बुधबार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *