ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो
हेटौँडा । ट्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
तीव्रगतिका कारण अनियन्त्रित भएर ट्याक्टर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment