चुनावकै मुखमा एनआरएनए अध्यक्षका प्रत्यासी आचार्यको घरमा आक्रमण

डिसी नेपाल
१७ असोज २०७६ १५:१६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी कुल आचार्यको घरमा आक्रमण भएको छ।

ललितपुर सानेपा हाइटस्थित आफ्नो घरमा अज्ञात समूहले आक्रमण गरेको आचार्यले डिसी नेपाललाई बताए।

आफू घरमा नभएको बेलामा तोडफोडको प्रयास भएको आचार्यको भनाई छ । ‘म घर बाहिर कार्यक्रममा थिएँ। घरमा तोडफोडको प्रयास भएछ, ’ आचार्यले भने।

तोडफोडका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको आचार्यले बताए। तोडफोडबाट घरको झ्याँलका सीसा फुटेका छन्। आचार्यले आफूमाथि आक्रमण गर्ने उद्देश्यसहित आफ्नो घरमा अज्ञात समूहले  तोडफोडको गरेकाे बताए।

उनले ललितपुर प्रहरी समक्ष घटनाको विषयमा अनुसन्धान गरी अभियुक्तलाई कानूनी कारबाही गर्न माग गरेका छन्।

आचार्यले संघको नवौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। चुनावको विषयलाई लिएर आफूमाथि आक्रमण गरेको उनको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *