कञ्चनपुरमा एक बृद्धले वडा कार्यालयलाई गरे जग्गा दान

डिसी नेपाल
१९ असोज २०७६ २३:२३

भीमदत्तनगर । वडा कार्यालय भवन निर्माणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डाका एक वृद्धले जग्गादान गरेका छन्।

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय ८५ वर्षीय वृद्ध गणेश विष्टले निःशुल्क जमीन दिएको वडाध्यक्ष आसेफ कुवँरले बताए। उनले ५२ लाख पर्ने बजार मुल्य बराबरको जग्गा दान गरेका छन्।

सदरमुकाम भीमदत्तनगरदेखि उत्तर करीब पाँच किलोमिटरको दूरीमा वडा भवन बनाउन सहयोग गरेकोप्रति वडाध्यक्ष कुवँरले धन्यवाद ज्ञापन गरे।

स्थानीय तहको निर्वाचनपछि कुँवरले वडा कार्यालय शहरी स्वास्थ्य कार्यालय भवनमा सञ्चालन हुँदै आएको बताए। ‘स्वास्थ्य संस्थामा वडा कार्यालय हुँदा काम गर्न अलि असहज थियो’, वडाध्यक्ष कुवँरले भने, ‘अब आफ्नै भवनमा भएपछि जनताको सेवा गर्न पनि सहज हुनेछ।’

दान दिइएको उक्त जग्गा दशैँपछि नामसारी हुनेछ। वडाध्यक्ष कँुवरले पनि विगत दुई वर्षदेखि लगाताररूपमा आफूले पाउने तलब सुविधा गाउँकै ज्येष्ठ र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *