आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
symbolic picture
काठमाडौं । काठमाडौं महानगरपालिका ८ जय बागेश्वरीस्थित रौतहट घर भएका ४० वर्षीय राम बहादुर मिश्रको प्लाष्टिकको भाँडाहरुको गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
रौतहट, राजपुर नगरपालिका २ बस्ने रामबिश्वाश मुखियाको गोठमा बिद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्याङजा, भिरकोट नगरपालिका ५ गढी भञ्ज्याङ बस्ने राम उचाईको कटेज रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्कन गई आइतबार बिहान आगलागी हुँदा कटेज पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment