सप्तरीमा आफ्नै श्रीमती र छोराले गरे बुवाको हत्या

डिसी नेपाल
२१ असोज २०७६ २०:३९

सप्तरी । सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन्।

कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ।

आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो.गफुर पमरियाको मृत्यु भएको बताइएको छ।

गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए।

आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *