परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग एनआरएन

डिसी नेपाल
२२ असोज २०७६ २०:११

कुनै पनि देशको संबिधान त्यो देशको मुल कानुन मानिन्छ । तर संबिधानमा सबै कुरा बिस्तृत रुपमा लेखिएको हुदैन । त्यसैले संबिधान कार्यान्वनको लागी संबिधानको मर्म अनुरुप कानुनहरु निर्माण गरिन्छ।

यदी कुनै कानुन संबिधानको भावना बिपरित हुन गएमा बिपरित भएको जती खण्ड स्वत अमान्य गराउन सकिन्छ। नेपालको संबिधान २०७२ भाग २ नागरिकता सम्बन्धी धारा १४ मा दक्षिण यशियाली मुलुक बाहेकका मुलुकमा बस्ने साबिकमा नेपालको नागरिक रहेको र पछी बिदेशको नागरिकता लिएको हकमा तिनलाइ नेपालको संघीय कानून बमोजिम आर्थिक्, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवाशीय नागरिक्ता दिन सकिने व्यवस्था गरिएको छ।

हाल संसदमा अंगीकृत नागरिकता र अन्य नागरिकता बारे छलफल चलिरहेको छ। कानूनहरु निर्माणाधिन अवस्थामा नै रहेको छ। तर अमेरिकाको नागरिक लिईसकेकाको एन आर एनलाई भने दुई नाउमा खुट्टा राख्ने दोहोरो नागरिकता पाउन चट्टारो परिसकेको छ।

नेपालको संसदमा दुई तिहाई बहुमत बिना संबिधान संशोधन गर्न सकिदैन। अहिले नेकपाको १७४ सांसद र फोरमको १७ मिलाउदा १९१ सांसद हुन्छ जुन दुइतिहाई भन्दा बढी हुन्छ। तराई केन्दृत दलहरु सबिधान संशोधनको लागि ताकेता गरिरहेका छ्न्। तर नेकपाका कतिपय सांसदहरु संशोधन प्रती उदासिन देखिएका छ्न्।

अलिकति संशोधनको पाईलो चाल्दा अरु धेरै संशोधन गर्न अनिवार्य हुन जान्छ। त्यसैले अहिले नेकपाको दुइतिहाईको स्थिति भएपनि उनीहरु संबिधानलाइ हलचल नै मचाउने कुनै संशोधन गर्न इच्छुक देखिदैनन्।

साथै नेपाल खोजिरहेको छ एनआरएनबाट लगानी। तर एनआरएन खोजिरहेको छ दोहोरो नागरिकता। अनि मिडिया र नागरिक समाज हरु चाही दोहोरो नागरिकताबाट एनआरएनलाई त फाईदा होला। तर नेपाललाइ फाईदा के भनी प्रश्न गरिरहेका छ्न्।

एनआरएनमा कसैले नागरिकताको निरन्तरता खोजिरहेका छ्न्। कसैले राजनितिक अधिकार सहितको नागरिकता खोजिरहेका छ्न्। कसैलाइ सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्रको नागरिकता भए पुग्ने भएको छ। यसरी एनआरएनमा नागरिकताको रुपमै एकरुपता छैन।

राजनीतिक गुटबन्दीको कारण एनआरएनको चुनाव डोर्याएको छ। नेपाल र नेपालीको लागि यो संस्थाले तातो भुत्लो केही गरेको देखिदैन। यिनिहरुको सधैको खिचौलो कुरो सिर्फ यिनिहरु बिच सिमित राख्न फेसबूक्मा एक बकस खडा गर्नु उचित हुने देखिएको छ।

गत सेप्टेम्बर ३० मा एनआरएन न्यूयोर्क च्याप्टरले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग गरेको अन्तर्कृया कार्यक्रममा “मन्त्री ताक्ने मुडो, एन आर एन ताक्ने घुँडो” भन्ने उखान चरितार्थ भएको छ। मन्त्रीले नेकपा सरकार नेपालमा आर्थिक स्मृघी ल्याउन कटिबध्ध रहेको र त्यसकालागी बिदेशी लगानी भित्र्याउन लगानी बिकास बोर्ड खडा गरी बिभिन प्रयास गरिरहेको बारे उल्लेख गर्नु भयो।

सरकारले सोचे बमोजिम उपलब्धी हाशिल गर्न कती बजेट आवस्यक पर्ने र त्यसका लागी कती रकम बिदेशी लगानी कर्ताहरुबाट प्राप्त हुने बचन प्राप्त भएको बारे बताए । अनि कती रकम अझै नपुग हुने र त्यसका लागी एन आर एनलाइ लगानी गर्न सुबर्ण अवसर भएको बारे उल्लेख गरे ।

साथै एन आर एनलाइ दोहोर नागरिक्ता प्रदान गर्ने बिषय हाल कुन अवस्थामा पुगेको छ भन्ने बारे पनि बिस्तृत बिवरण सुनाए । एन आर एनलाइ दोहोरो नागरिकता दिने बारे देशको संबिधानले नै ब्यवस्था गरी सकेको हुनाले यो कुनै कानुले हटाउन नसक्ने र अहिले यो नागरिकता प्रदान गर्ने प्रकृया पुरा गर्न कानुन सदनमा निर्माण भैइरहेको बारे बिस्तृत उल्लेख गर्नु भयो । सिर्फ अन्य बिबिध कारणले मात्र अलि ढिला हुना गएको हो तर यो ढिलो वा चाडो आउने निस्चित भएको स्पस्ट पार्नु भयो।

मन्त्रीज्युले आफनो बिस्तृत भनाइ राखी सकेपछी आफु एउटा त्यस्तो योजनाको खोजिमा रहेको जसले धेरै लगानी बटुलेर्, धेरैलाइ जोडेर्, उत्पादन र रोजगार बढाएर देशको कायापल्ट गर्न सकियोस, भन्ने आफ्नो सोचाई रहेको अति प्रभावकारी सोच ब्यक्ती गरे।

नेपालमा आफ्नो मुटु नै टाँस्सिएको भन्न ईच्छुक एन आर एन अमेरिकाले बिकास र लगानी सम्बन्धी प्रतिबध्धता जाहेर गर्ला कि भनी स्पस्ट त्यसको आशा एव्ंम अपेक्षा पनि नेकपा सरकारले गरेको बताए।

दोहोरो नागरिकताको प्राप्तिको लागी निरन्तर लागिरहेका कानुनबिद खगेन्द्र जिसि ले मन्त्रीज्युले बताएको संपुर्ण कुरा बारंबार फेसबूकमा पोस्ट गरी सबैलाइ अवगत गराई आएकाछ्न्। त्यसकारण यसबारे अरु सोध्नु पर्ने केहि कुरो थिएन।

कसैलाइ केही कुरो सोध्न मन लागे गुलमेली मन्त्रीले दाजु भनेका गुलमेली जिसिले नै बताई दिन सक्छ्न।उनि कानुनका ज्ञाता भएकाले यो उनको लागी साधारण कुरो हो।

अब दोहोरो नागरिकता चाहिएकाहरुले सिर्फ सयंमपुर्वक धैर्य गर्दै पर्खन जान्नु पर्यो । त्यो बाहेक अर्को बिक्ल्प छैन।

जिसिले नागरिकता सम्बन्धी बिस्तृत कुरा राखी सके पछी र मन्त्रीज्युको ईमन्दारितापुर्ण बिस्तृत जवाफ सुने पस्चात त्यसैको आधारमा वहालाइ केही जानकारी दिने सोच बोकेका कतिपय कांग्रेसी र अन्य बिकास र लगानी सम्बन्धी ज्ञाताहरु पनि कार्यक्रममा थिए।

एन्करले मन्त्री ज्युले जिज्ञासा र चासो देखाएका बिकास र लगानीमा मात्र केन्दृत भएर प्रश्न राख्न सबैलाइ सुरुमै भनिएको थियो। तर यसको बिपरित बिकास र लगानी बाहेकका अनेक प्रश्न राख्ने बामपन्थी गुट पहिले नै सेट भैसकेको रहेछ। अनि त आयोजक प्रमुखले आफ्नो दुई फुट अगाडी उभिएको सहभागिलाई पनि नदेखेको जस्तो गर्न थाले र एन्करले नाम भन्न जादा वास्ता गरेनन।

पुर्व सेट्टिङ गुट्बाट नेपालले दशै अगाडि नै दोह्रोरो नागरिक्ता दिने भन्ने कुरो भएको थियो सो किन आएन भन्ने नै मुल प्रश्न सबैको मन्त्रीसग रह्यो। मानिलिउ मन्त्रीले युन एनको कार्यक्रममा भाग लिन आउदा अमेरिकामा बाँडन नेपालको दोहोरो नागरिकता खल्ती मै बोकेर आएका छ्न र त्यो कहिले दिने भन्ने खालका प्रस्न सुनियो। तर बिकास र लगानिको कुरो नसुनिएपछी मन्त्रीज्युको आशामा तुषारापात भएको सहजै बुझ्न सकिन्थियो।

आयोजकले यो एक बाम भेट्घाट कार्यक्रमलाइ, ूमन्त्री र एन आर एन अन्तरकृयाू, नामाकरण गरी मान्छे बटुलेर मन्त्रीलाइ देखाउने मात्र कार्य गरेका रहेछ्न। अनि पुर्व निर्थारित बामे मण्डलकालाइ मात्र मन्त्रीसंग प्रश्न राख्ने वा सुझाव दिने चाजोपाजो मिलाएका रहेछ्न्। पछि पुझ्दा त अमेरिकाको नागरिक लिएकाहरुलाइ दोहोरो नागरिक चाहिएकोले राजनीतिक कार्यक्रम भनेर आयोजक प्रमुखले जवाफ दिए।

कतिपय बामपन्थी ईतरकाले मन्त्रीसग प्रश्न गर्न वा नेपालको बिकास र स्मृधिको लागी केही सल्लाह सुझाव दिन चाहनेलाइ अवसर दिईएन। यसबाट उनिहरुलाइ त केही घाटा भएन। तर नेपालको बिकास र लगानी सम्बन्धी मन्त्री ज्युले केही कुरो सुन्न नपाए पछी नेपाललाइ उपलब्धी हिन कार्यक्रममा आएर घाटा चाही अवस्य भएको अनुमान गर्न सकिन्थियो ।

सांरासमा यो कार्यक्रम उपलब्धिहिन मन्त्री भेटघाट कार्यक्राम भएको धेरैको अनुभुव रह्यो। धेरैले समय त्यसै खेर गएको महशुस गरे।

अनेसास न्यूयोर्क च्याप्टरको पुस्तक बिमोचन कार्यक्रम

तर लगतै पस्चात अनेसास न्यूयोर्क च्याप्टरलेले श्रीमती मन्त्री ज्ञवालीको ”लालटिनको उज्यालो” पुस्तक बिमोचन कार्यक्रम राखेको रहेछ । जसमा फेरी मन्त्री ज्ञवालीलाइ श्रीमतीको बिमोचन कार्यक्रमको प्रमुख अतिथी बनाइ च्यापटरका सभापति राजेन्द्र श्रेष्ठले खादा ओढाएर स्वागत गरे।

सञ्चालिका शकुन ज्ञवाली र समिक्षिकाले पुस्तकका बारे उल्लेख गरेको बिवरण सुन्दा मन्त्री ज्ञवाली दम्पतिको आदर्श्, पंचायतकालिन पिडा, यातना, महिलाको बिवस्ता, दयनिय अवस्थाका दिनहरु, बाम बिचारमा अटुट अस्था अनि आफुले हेडेको मार्गबाट कुनै दिन सोचेको गन्तब्यमा पुगिने अटुट बिस्वास इत्यादी बारे सुन्दा श्रोता निकै भावबिह्वल भैइ पाच मिनेट भनेको कार्यक्रम एक घण्टा ध्यान मग्न भई सुनेका थिए। यसका लागि राजेन्द्र श्रेष्ठ र शकुन ज्ञवाली धन्यबादका पात्र हुनु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *