दुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ
फाइल फाेटाे
काठमाडौं । नेपाल प्रहरीले दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।
प्रहरीले पक्राउ परेकासँग तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment