बढी भाडा लिने चालकलाई कारवाही

डिसी नेपाल
२३ असोज २०७६ १८:१५

काठमाडौं । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ।

यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो।

ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि पोखरासम्म चल्ने बसका चालकले बढी भाडा लिएको गुनासो आएपछि कारवाही गरिएको हो।

“साविकभन्दा बढी भाडा लिएको पाइएपछि चालकलाई जनही एक हजार जरीवाना गरिएको हो”, उनले भने। यस्तै काठमाडौँदेखि पोखरासम्म चल्ने माइक्रोबसका चालकले यात्रुको सामान छतमा राखेबापत् एक हजारसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले चार माइक्रोबसका चालकलाई कारवाही गरेको छ।

“चालकलाई जनही एक हजार पाँच सय जरिवाना गरेका छौँ”, उनले भने। चाडपर्वको बेला यात्रुको बाध्यतालाई चालकले मौकाको फाइदाका रुपमा लिँदै बढी भाडा असुल्ने गरेका छन्।

बढी भाडा लिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर जानकारी गराउन अधिकारीले यात्रुलाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *