बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन्।
स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
“महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ।”
उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए। “अहिलेसम्म मुद्दा दर्ता भएको छैन।” चन्दले भने, “घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ।”रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment