नेपाल–चीन बढ्दो मित्रतामा किन भारत शान्त ?

डिसी नेपाल
२५ असोज २०७६ १६:३७

नयाँ दिल्ली (बीबीसी) । चीनका राष्ट्रिपति शी जिनपिङ नेपाल भ्रमणमा छन्। उनी शनिबार र आइतबार काठमाडौंमा रहनेछन्। नेपालमा यस भ्रमणको नेपालमा धुमधाम तयारी भइरहेको छ। यसको कारण के हो भने २३ वर्षपछि कोही चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्दै छन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्हाकार डा. राजन भट्टराईले यो भ्रमणलाई ऐतिहासिक भनेका छन्। उनले चीनका राष्ट्रपतिसँगै एक भ्रमण प्रतिनिधिमण्डल पनि हुने बताए। दुई मुलुकबीच केही सम्झौता पनि हुने छन्। चीनका राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच द्विपक्षीय वार्ता पनि हुनेछ। नेपाल आउनभन्दा पहिला चिनियाँ राष्ट्रपति शीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता गरेका छन्। यसअघि शीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि बैठक गरिसकेका छन्।

दक्षिण एसियामा चीनको प्रभाव लगातार बढिरहेको छ। त्यो चाहे नेपालमा होस वा श्रीलंका, पाकिस्तान, वा बंगलादेशमा । हरेक देशमा चीनको उपस्थिति बढेको छ । यी सबै देश चीनको वन बेल्छ वन रोड परियोजनामा सहभागी छन्। अर्कोतर्फ भारत यो परियोजनाको विपक्षमा छ।

नेपालतर्फ ढल्किँदै चीन

यस हिन्दु बहुल मुलुकमा चीनले चासो लिनु निकै महत्वपूर्ण छ। नेपाल केही आवश्यकताका आधारमा भारतमाथि निर्भर छ। तर, नेपालले लगातार भारतमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहेको छ। चीनले २०१७ मा नेपालसँग बेल्ट एण्ड रोड परियोजनाका लागि द्विपक्षीय सहयोगका लागि सम्झौता गरेको थियो । यो क्रमममा क्रस बोर्डर इकोनोमकि जोन बनाउने, रेलवे, हाइवे, विमानस्थल आदि परियोजना निर्माणमा सहयोग गर्ने सहमति भएको थियो।

नेपालका कैयौं विद्यालयमा चिनियाँ भाषा मंदारिनलाई पढाउन पनि अनिवार्य गरिएको छ। नेपालमा यो भाषालाई पढाउने शिक्षकको तलब पनि चीन सरकारले दिँदै आएको छ।

नेपालमा अमेरिकालाई चीनको टक्कर

खासमा नेपालको नजिक हुने मुलुक एक्लो चीनमात्र होइन, बरु अमेरिका पनि लगातार यही प्रयासमा छ। एकतर्फ जहाँ चीन आफ्नो बेल्ट एण्ड रोड परियोजना चलाइरहेको छ, अर्कोतर्फ अमेरिका इण्डो–प्यासिफिक नीतिमा काम गरिरहेको छ।

नेपालमा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार बनेपछि नै चीन र अमेरिकाबीच नेपालको नजिक हुने प्रयास भइरहेको छ। यसै वर्ष जूनमा अमेरिकी रक्षा विभागले इण्डो–प्यासिफिक रणनीति रिपोर्ट (आईपीएआर) प्रकाशित गरेको थियो। यो प्रतिवेदनमा नेपालबारे ‘अमेरिका नेपालसँग आफ्नो रक्षा सहयोग बढाउन चाहन्छ। हाम्रो ध्यान आपतकालिन प्रबन्धन, शान्ति अभियान, भूगोलको रक्षा ताकतलाई बढाउने र आतंकवादसँग लड्नेमा छ।’ भन्ने लेखिएको छ।

तर, यसको जवाफमा नेपालका मन्त्रीहरुले कुनै पनि चीन विरोधी सैन्य गठबन्धन नगर्ने बताएका थिए । खासमा चीनप्रति नेपालको यो धारणाको पनि कारण छ। चीनले नै नेपाललाई इण्डो–प्यासिफिक रणनीतिमा सहभागी नहुन अपील गरेको थियो । नेपालले पनि इण्डो–प्यासिफिक रणनीतिलाई एक सैन्य गठबन्धन मान्छ र यस्तो झमेलामा आफु नपर्ने बताउँछ।

चीन र नेपालबीच चर्चा

चीनका राष्ट्रपति शी जिनपिङको नेपाल भ्रमणको तयारीबारे चिनियाँ विदेशमन्त्री वाङ यीले सेप्टेम्बरमा नेपालको भ्रमण गरेका थिए । यसक्रममा उनले नेपालका प्रधानमन्त्री ओली र विपक्षी दलका महत्वपूर्ण नेताहरुलाई भेट गरेका थिए।

जिनपिङको पहिलो नेपाल भ्रमण

यो वर्ष चीनका कैयौं उच्चस्तरका चिनियाँ अधिकारी र राजनेताले नेपालको भ्रमण गरिसकेका छन्। यी सबै भ्रमणले जिनपिङको भ्रमण तयारी भइरहेको थियो।

खासमा २३ वर्षपछि कुनै चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका हुन्। १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको भ्रमण गरेका थिए। जिनपिङ दक्षिण एसियाका अन्य देश भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंका भ्रमणमा गइसकेका थिए, तर, नेपाल भ्रमण गरेका थिएनन्।

यो भ्रमणमा बेल्ट एण्ड रोड परियोजनामा पनि नेपाल र चीनबीच वार्ता हुने बताइएको छ। नेपाल बीआरआईमा सहभागी भएको दुई वर्ष भइसकेको छ। तर, चीनले यो परियोजनाअनुसार कुनै पनि काम शुरु गरेको छैन । यही कारण बीआरआईको कुनै परियोजना शुरु गर्ने दबाब नेपालमाथि हुनेछ।
जिनपिङ काठमाडौं पुग्नुभन्दा पहिला नै चीनको सत्तारुढ दल कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी)ले नेपालको सत्तारुढ दलसँग सँगै काम गर्न शुरु गरिसकेको छ। यी दुबै दलहरुबीच विचारधाराका हिसाबले पनि समानता छ। सीपीसीको ४० सदस्यीय प्रतिनिधिमण्डलले २३ सेपटेम्बरमा काठमाडौंको भ्रमण गरेको थियो।

चीनको निकट भारतको चुनौती?

नेपाल र चीनबीचको मित्रताण् भारतका लागि एक ठूलो चुनौती मानिदै आएको छ। जहाँ नेपालमा चीन र अमेरिका लगातार सक्रिय छन्, भारत भने यो मामिलामा हालसम्म शान्त छ। नेपालको वर्तमान सरकारले पनि भारतकै स्तरमा चीनलाई पनि चासो दिइरहेको जस्तो देखिन्छ। नेपालले यसै वर्ष पुणेमा आयोजित विम्सटेक देशहरुको सैन्य अभ्यासमा सहभागी हुन अस्वीकार गरेको थियो। तर यसपछि नेपालले चीनको सेनासँग १२ दिने सैन्य अभ्यास गर्ने सहमति गरेको थियो।

इतिहासतर्फ हेर्ने हो भने चीनले भारतलाई चुनौती दिन नेपालबो बाटो समातेको उदाहरण भेटिन्छन्। आधुनिक चीनका निर्माता मानिने डाङ श्यापेङले फेब्रुअरी १९७८ मा म्यानमार र नेपालको भ्रमण गरेका थिए ।

डाङ त्यो बेला चीनका प्रमुख थिएनन् तर, त्यो बेला उनी चीनका सर्वोच्च अधिकारी थिए । त्यो बेला उनको नेपाल भ्रमण भारतलाई चुनौतीका रुपमा हेरिएको थियो। उनको भ्रमणभन्दा ठिक एक महिना पहिला भारतका तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईले पनि नेपालको भ्रमण गरेका थिए । नेपालले त्यो बेला भारत र चीन दुबैसँग सम्बन्ध बलियो बनाउने प्रयास गरिरहेको थियो।

नेपाल एक भूपरिवेष्ठि मुलुक हो, उ भारतमाथिको आफ्नो निर्भरता कम गर्न चाहन्छ। २०१५ मा भारतका तर्फबाट अघोषित नाकाबन्दी गरिएको थियो। यसै कारण नेपालमा अत्यावश्यक वस्तुको संकट भएको थियो। त्यो बेलादेखि दुई देशबीचको सम्बन्धमा विश्वास पुनःस्थापना हुन सकेको छैन।
यो बीचमा चीन र नेपालको सम्बन्धमा एक अर्को प्रगति देखियो। नेपाल सरकारले भन्यो चीनले आफ्नो बन्दरगाहा प्रयोगका लागि चीनले अनुमति दिएको छ। चीनले थिन्यान्जिनm शेंजेन, लिआनीयुगैंग र श्याजियांग बन्दरगाहा उपयोग गर्न अनुमति दिएको छ।

कोनेर्गी इण्डियाका विश्लेषक कोन्स्ट्यान्टिनो जेभियरले वाशिंगटन पोस्टसँग भनेका छन्, ‘नेपाल र चीनको निकटता एक ठूलो परिवर्तन हो। यो नेपालको इतिहासमा पहिलो पटक हो, चीनले नेपाललाई भारतको विकल्प उपलब्ध गराई रहेको छ।’ (बीबीसी हिन्दीबाट अनुवाद)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *