चीन फर्किए राष्ट्रपति सी: तस्वीरमा हेर्नुहोस् सोल्टीदेखि एयरपोर्ट पुग्दाको दृश्य
तस्वीरः रासस/डिसीनेपाल-आर्यन धिमाल
काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। शनिबार अपरान्ह काठमाडौं ओर्लिएका राष्ट्रपति सी आइबार दिउँसो चाइना एयरको विशेष विमानमार्फत स्वदेश फर्किएका हुन्।
राष्ट्रपति सीलाई नेपाली समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेकी थिइन्। चिनियाँ राष्ट्रपतिको बिदाइका लागि प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीहरु, उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए।
करिव २० घण्टा नेपाल बसाइका क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको पहिलो भ्रमण भएकाले सरकारले यो भ्रमणलाई उच्च प्राथमिकतामा राखेको थियो। यसैबीच नेपाल र चीनबीच २० वटा सहमति पत्रमा हस्ताक्षर भएको छ।
चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले राजधानीका विभिन्न ठाउँलाई सिंगारेर बेहुली जस्तै बनाएको थियो। उनलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो।









No ads found for this position

डिसी नेपाल
Facebook Comment