मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली

डिसी नेपाल
२७ असोज २०७६ ७:४९

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले  मन्त्रिपरिषद् पुनर्गठनको कसरत सुरु गरेका छन्।

दशैं अगाडि नै सरकार पुनर्गठन गर्ने तयारी भएपनि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा मुछिएपछि दशैं पछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा नेताहरुबीच सहमति भएको प्रधानमन्त्री निटक स्रोतले जनाएको छ।

मन्त्रिपरिषद पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी ओलीले नेकपा अध्यक्ष प्रचण्ड नेता माधवकुमार नेपाल र उपप्रधानमन्त्री रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग दशैं अगाडि नै छलफल गरिसकेका छन्।

प्रधानमन्त्री ओली गृह, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयमा फेरबदल चाहन्छन्। 

स्रोतका अनुसार प्रधानमन्त्री ओली गृह, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयमा फेरबदल चाहन्छन्। अन्य केही मन्त्रालयबारे पनि नेताहरुबीच छलफल भएको स्रोतको भनाइ छ।

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको लामो समय भएको छ। अध्यक्ष दाहालले चाँडै पुनर्गठन हुने बताउने गरेका थिए । उनले केही दिनअघि विराटनगरमा प्रधानमन्त्रीको अधिकार क्षेत्र भएकाले यसबारे आफूलाई प्रश्न नगर्न भनेका थिए।

नेकपाभित्र पनि केही मन्त्री फेरबदल गर्न दबाब बढ्दै गएको छ। प्रधानमन्त्री स्वयं पनि केही मन्त्रीको कामप्रति सन्तुष्ट छैनन्।

दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढ्न थालेपछि प्रधानमन्त्री ओलीले केही मन्त्री फेरबदल गर्न लागेको बालुवाटार निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

2 thoughts on “मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली

  1. हिमाल नेपालको हो। किन २ देश ले , नेपालको हिमाल को उचाई बताउन परेको किन ? की नेपालको हिमाल सगरमाथा ( The Mt. Everest ) , २ नेपाल र , चीन कको हो ? (१) नेपालको हिमाल हो , नेपाललाई आफ्नो हिमालको उचाई भन्ने अधिकार छ। (२) अरु देश किन ल्याएको ? अरु देश ल्याउने नै हो भने टाढाको देश किन नलयाको , जस्तै अमेरिका , नर्वे । चीन लाइ किन ल्याएको ? चीन नजिक छ, नेपालको हिमाल चीन र नेपालको हो भन्न लाइ ? (३) नेपाल आमाको रगत चुसेर , कुर्चिमा बसने ???? तिमीहरु नेपालको हैनस भन्दैमा , हाम्रो देश हैना जे गरे पनि हुन्छ भनेर , जे मन लागे तेहि गर्ने ? (४) अब हामी तिमि हरुलाई मारने हो।

    1. सगरमाथाको उत्तरी भाग चिना मा पर्छ । यसैकारण चिना लाई सहभागी बनाउनु आबस्यक परेको होला । सबै कुरा राम्ररी बुझेर बोल्दा, लेख्दा राम्रो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *