ईन्जाले विशेष कार्यक्रम नोभेम्वर १७ मा आयोजना गर्ने, सहयोगका लागि अनुरोध

डिसी नेपाल
२७ असोज २०७६ ८:२७

वाशिंटन। नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सन्जाल (ईञ्जा)ले आगामी नोभेम्बर १७ का दिन डिसी महानगर क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। डिसी महानगर क्षेत्रको भर्जिनियाको स्प्रिंगफिल्ड शहरस्थित वाटरफोर्ट कार्यक्रम स्थलमा विविध कार्यक्रमको प्रस्तुति गर्ने जानकारी दिएको छ।

उक्त समारोहमा ईन्जा साहसी पत्रकारिता पुरस्कार प्राप्त गरेका अजयवावु सिवाकोटीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरिने छ। पत्रकार सिवाकोटी नेपालबाट अमेरिका आउने छन्। साे अवसरमा ईन्जा स्रस्टा पुरस्कारको घोषणा को साथै पुरस्कार वितरण समेत रहने छ।

पहिलो पटक बिशेष कार्यक्रमको आयोजना हुने उक्त समारोहमा ईन्जाकाे कार्यपत्र प्रस्तुति,अन्तरक्रिया, दिवा भोजको साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने छ।

उक्त समारोहमा मूलधारका विदेशी पत्रकारहरु, विशेषा आमन्त्रित अतिथिहरु ,विशिष्ट व्यक्तित्वलगायत ईन्जालाई हृदय देखि नै साथ र सहयोग गर्ने शुभचिन्तक तथा सहयोगी मन भएकालाई समारोहमा सहभागी हुन् उत्प्रेरणा गरिने छ।

समारोहमा कोष वृद्धि कार्यक्रम पनि राखिएकोले इच्छुक सबैलाई आमन्त्रित र खुला निमन्त्रणा गरिने छ। स्मरण रहोस ,स्थापनाकालमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ(ईन्जा)नामकरण गरिएता पनि आफ्नो प्रथम बार्षिकोत्सवमा महत्वपूर्ण १३ वटा निर्णयहरु गरेको थियो।

थुप्रै महत्वपूर्ण निर्णयहरु मध्ये संस्थाको उद्देश्य अनुरूप कार्य क्षेत्रलाई फराकिलो बनाउदै संचार (मिडिया) सम्बन्धी धेरै अन्तर्राष्ट्रिय संस्थाहरुसँग समेत संजाल (नेटवर्क बढाउँदै) जाने सन्दर्भमा संस्थाको नाम परिवर्तन गर्न आवश्यक देखिएकाले संस्थाको नामलाई परिमार्जन गरी ‘ International Network for Nepali Journalists-INNJA, नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सन्जाल परिमार्जित गरिएको छ।

ईन्जाले संसारभर निर्माण गर्न खोजेको संचारकर्मीहरुको नेटवर्क(संजाल )को कामलाई अझ तीब्ररुपमा अगाडि बढाउने र नोभेम्बरमा हेडक्वार्टर (सदरमुकाम )डिसीमा ईन्जा विशेष कार्यक्रमको आयोजना गरी ईन्जाका गतिविधिहरू, भावी कार्यक्रमहरू लगायत विश्व संचार माध्यम (ग्लोबल मिडिया)बिषयहरुमा बहस गर्नुका साथै ईन्जाको कोष अभिवृद्धि कार्यक्रम गर्ने निर्णय गरिएको थियो।

संस्थाको केन्द्रीय र महादेशीय संगठनलाई चुस्त र दुरुस्त गराउन जिम्मेवारीको पुनरावलोकन गरी जिम्मेदारी हेरफेर समेत गर्ने निर्णय गरी त्यसका लागि पुनरावलोकन गरी सिफ़ारिश गर्न प्रमुख संरक्षक रामचन्द्र खरेजको संयोजकत्वमा अध्यक्ष गुणराज लुईँटेल, बरिष्ठ उपाध्यक्षद्वय सुनिलमणि दाहाल र विष्णु शितल सहितको चार सदस्यीय समिति बनाइएको थियो।

संचारकर्मी तथा पत्रकारिताका बिद्यार्थीहरुको पेशागत क्षमता अभिवृद्धि गर्न अमेरिकाका संचार सम्बन्धी संस्था र विश्वबिद्यालयसँग सम्झौता गरी एक्सचेन्ज भिजिट (आदानप्रदान भ्रमण) कार्यक्रमका लागि पहल कार्य शुरू गर्ने निर्णय गरेको थियो।

ईन्जालाई आर्थिक सहयोग प्रदान गर्न ईच्छुकले यहाँको लिंकमा गएर सहयोग गर्न सक्नु हुनेछ।

https://injaglobal.org/donate/?fbclid=IwAR1ABhi71vhLYKwCDzpsb0lrhW7JCWvWts08RvcZNt0bwId8xFLiJ118OHY




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *