मिस नेपाल यूएसए २०१९ को ताज शुरभी खनाललाई (भिडियो)

डिसी नेपाल
२८ असोज २०७६ १५:४२

वाशिंगटन डिसी । भर्जिनियाकी शुरभी खनालले ‘मिस नेपाल यूएसए २०१९’को ताज पहिरिएकी छिन् ।

अमेरिकाको ओमाहा, नेब्रास्कामा गत अक्टोबर १२ तारिखमा भएको सातौँ मिस नेपाल यूएसए प्रतियोगितामा खनाल ताज हात पार्न सफल भएकी हुन् ।

‘मिस फोटोजेनिक’ र ‘मिस बिउटी विथ आउट लिमिट अवार्ड’ प्राप्त गरेर शुरभी खनाल प्रथम भएकी थिइन् । भने, टेक्सासकी रिमा शर्मा, सिकागोकी मेघा रौनियार, कोलोराडोकी ज्ञाप अधिकारी र न्यूयोर्ककी सज्जा रावत टप फाईभमा परेका थिए ।

३ वर्षको उमेरमा आफ्ना बुबा आमासँग नेपालबाट अमेरिका आएकी शुरभी हाल एट्लान्टा राज्यको इमोरी विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत छिन् । केमेस्ट्री विषयमा अध्ययनरत उनको नेपालमा चेलीबेटी बेचबिखनको बिरुद्धमा काम गर्ने चाहना रहेकाे बताइन्। प्रतियोगितामा उनले सोही विषयसँग सम्बन्धित ‘बर्न ईन ब्रुथल’ शीर्षकको आकर्षक कविता प्रस्तुत गरेकी थिइन् ।

भर्जिनियामा हुने गरेको भानु जयन्तीलगायतको बाल साहित्यिक प्रतियोगिताहरुमा संधै प्रथम स्थान प्राप्त गर्ने गरेकी खनालका पिता सुदिपभद्र खनाल छन्द साहित्यकार हुन् । नेपालमा तनहुँ दमौली स्थायी घर भएका खनाल परिवार भर्जिनियाको हर्नडन सिटीका स्थायी बासिन्दासमेत हुन् ।

नेब्रास्का नेपाली समाज र मिस नेपाल यूएसको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा प्रमुख अतिथि नेब्रास्का राज्यका गभर्नर पेटे रिकेट्स थिए । कार्यक्रम २०१७ की पूर्व मिस नेपाल नग्मा श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

भिडियो:

मिस नेपाल यूएसए २०१९’को ताज शुरभी खनाललाई |

मिस नेपाल यूएसए २०१९’को ताज शुरभी खनाललाई

Posted by DCnepal on Tuesday, October 15, 2019

तस्वीर : राजिव श्रेष्ठ

      




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *