अमेरिकाको एटलान्टामा गीतकार बुद्धबीर लामा र गायिका सत्यकला राई सम्मानित

डिसी नेपाल
२९ असोज २०७६ ७:२१

एटलान्टा, अमेरिका । हिन्दूहरुको महान पर्व बडादशैं र तिहारको अवसरमा अमेरिकाको एटलान्टामा बृहत्त दशैँ तिहार धमाका २०१९ू नामक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

गत शनिबार अक्टोबार १२ का दिन एटलान्टास्थित कलर्क्सटनको बिर्यानी पोइन्ट रेस्टुरेन्टको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट आएका बरिष्ठ गीतकार बुद्धबीर लामा र चर्चित गायिका सत्यकला राईलाई सम्मान समेत गरिएको छ।

नेपाली विविध संस्कृति झल्किने उक्त बृहत सांस्कृतिक कार्यक्रम नेपालका लागि पर्यटनदूत राजा घलेको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको थियो।कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरुले विभिन्न गीत र नृत्य प्रस्तुत गरेर मनोरंजन दिएका थिए।

स्थानीय कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुतिपछि अतिथि श्रष्टाद्वय बरिष्ठ गीतकार बुद्धबीर लामा तथा लोकप्रीय गायिका एवं प्राज्ञ सत्यकला राईलाई सम्मान गरिएको थियो । यस अवसरवमा गीतकार लामालाई पर्यटनदूत राजा घले र गायिका राईलाई गुरुङ सोसाईटी अफ जोर्जियाका प्रथम अध्यक्ष अगम गुरुङ र वर्तमान अध्यक्ष मनोज गुरुङले सम्मान गरेका थिए।

कार्यक्रमको दोश्रो चरणमा गीतकार बुद्धिबीर लामाले आफ्ना रचनाहरु वाचन गरेर सुनाएर दर्शकहरुलाई मनोरन्जन दिलाए। त्यसपछि नर्थ क्यारोलाइना निवासी, नासाका बर्तमान कार्यकारी सदस्य, लभ एण्ड सप्पोर्टका संस्थापक, लोकप्रीय गायक मनोज राईले आफ्नो एल्बमका गीतहरु गाएर सुनाएका थिए ।

दर्शकहरुको लामो प्रति़क्षालाई चिर्दै कार्यक्रमको अन्तमा लोकप्रीय गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु गाएर सबै दर्शक तथा श्रोताहरुको मन मुग्ध पारिन् । उनका गीतमा स्वरमा स्वर मिलाएर गीत गाउँदै छमछमी नाचेर सबै दर्शकहरुले अत्यधिक मनोरन्जन लिएका थिए। कार्यक्रम संचालन चर्चित टिभी प्रस्तोता संगम बानियाँले गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *