१७ तस्वीरमा हेर्नुहोस् यस्तो देखियो नेकपाको चियापान

डिसी नेपाल
२९ असोज २०७६ १८:३७

काठमाडौं। दशैं, दीपावली र छठ पर्वको अवसर पारेर सत्तारुढ दल नेकपाले बुधबार राजधानीको भृकुटीमण्डपमा चियापानको आयोजना गरेको छ।

दिउँसो १२ बजेदेखि सुरु भएको चियापान साँझसम्म चलेको थियो। चियापानमा विभिन्न दलका शीर्षनेता तथा थुप्रै कार्यकताहरुको सहभागि थियो।

जहाँ नेपाली काँग्रेसका सभापति शेरबहादुर थापा, रामचन्द्र पौडेल लगायतका नेता समेत सहभागि थिए।

चियापानमा प्रधानमन्त्री ओलीले मुलुकमा ‘केही पनि भएन’ भन्नेहरूले हल्ला पिटेका भन्दै आफ्नो सरकारका पालामा हालसम्म के के भयो त्यसको हाइलाइट सुनाएका थिए। उनले केही पनि गरेन भनेर आलोचना गर्नेहरू भ्रममा रहेका भन्दै भ्रमबाट मुक्त हुन सुझाव दिए।

आलोचकहरूले राम्रो कुरा हेर्न र सुन्न नचाहेका प्रधानमन्त्रीको दावी थियो। राम्रै राम्रो काम भएको भन्दै प्रधानमन्त्रीले यति धेरै राम्रा काम गर्दा पनि केही गरेन भन्नेहरूमा पूर्वाग्रही धारणा रहेको आरोप लगाए।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले केही भएन भन्नेहरुलाई भएरनभएको थाहा पाउन बुढाबुढीलाई गएर सोध्न पनि आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *