चितवन कारागारमा रहेका एक कैदीको मृत्यु
भरतपुर । कारागार कार्यालय भरतपुरका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुघर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् ।
क्यान्सरका रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनारको उपचारकै क्रममा बुधबार राति ८ः३० बजे क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको हो।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment