आज कति छ सुन चाँदीको भाउ, हेर्नुहोस्

डिसी नेपाल
३० असोज २०७६ १०:५६

काठमाडौं । आज साताको पाँचौं दिन बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार एक सय रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *