सिन्धुपाल्चोकको थाङपालमा युवकको विभत्स हत्या, आरोपित २ जना फरार – Dcnepal

सिन्धुपाल्चोकको थाङपालमा युवकको विभत्स हत्या, आरोपित २ जना फरार

सांकेतिक तस्बिर


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ। बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुुसन्धान भइरहेको छ। रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो