सीको भ्रमण सफलमात्र भएको छैन खतरा पनि बढेको छ: नेता नेपाल

डिसी नेपाल
२ कार्तिक २०७६ १६:३४

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौति थपिएको बताएका छन्।

हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताएका हुन्।

सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दे उनले सबै ठुला राष्ट्रका आ–आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाईराख्नु मुख्य चुनौति भएको बताए। नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, “धेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो। किन भने सबका आफ्ना आफ्ना हितहरु हुन्छन्। हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन्। नेपाल यी सबै चिजबाट जोगिनुपर्छ। नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ ।”

उनले गैह आवासिय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे। दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले “चिचि पनि पापा पनि” को संज्ञा दिदै त्यस्तो सुविधा असंभव रहेको बताए। उनले भने “दुइवटा नाउमा खुट्टा राख्ने मान्छे सागर गर्न सक्दैन। चिचि पनि पापा पनि हुदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस्। उद्देश्यमा क्लियर हुनुहोस् ।”

नेता नेपालले पूँजी, सिप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता आंैल्याए। उनले नियम कानुनलाई खुकुलो बनाई लगानीमैत्री वातावरण श्रृजना गरि स्वदेशमै रोजगारीको अवसरहरु श्रृजना गर्नुपर्ने बताए।
विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिदै उनले सरकारले गैह्आवासिय नेपालीलाई सम्मान गर्देे मुलुकको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *