अमेरिका कोलोराडोको लङमन्ट शहरमा देउसी भैलो कार्यक्रम हुने
कोलोराडो, अमेरीका । नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा कोलोराडो निवासी नेपाली समुदायले देउसी भैलो कार्यक्रम गर्ने भएका छन् ।
कोलोराडोमा क्रियासिल नेपाली घर, लङमन्ट हिमालयज् लायन्स क्लब संयूक्त आयोजना अक्टोवर २६ सनीबार सांझ ७ बजे देखी १० बजे सम्म लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा देउसी भैलो खेलीन लागेको हो।

विशेष गरि नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तव्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठले बताएका छन्।
देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ।
हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकहरुले सकेसम्म सबैलाई आ-आफ्नो जातीय पहिरन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने बताबरण बनाई दिन समेत आग्रह गरेका छन्।

छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन हिमालयज् लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठले सबैलाई अनुरोध गरेका छन्।
कोलोराडोमा नेपाली घर र लङमन्ट हिमालयज् लायन्स क्लबको संयूक्त आयोजना नेपालीहरुको भाषा, संस्कृती , रिती रिवाज, तथा भेष भुषाको संरक्षण, सम्वर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत विभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना हुँदै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment