यसपछिमात्र नेकपाबाट सभामुख बन्छन्

डिसी नेपाल
३ कार्तिक २०७६ ९:२७

काठमाडौं। तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएसँगै उनले राजीनामा दिएपछि रिक्त भएको सभामुख पद आफ्नै पार्टीमा कसरी राख्ने भन्ने रस्साकसीमा लागेको छ सत्तारुढ नेकपा।

सभामुख आफ्नै पार्टीको बनाउने विषयमा नेकपाका शीर्ष नेताहरुबीच छलफल चलिरहेको पनि सार्वजनिक भइरहेको छ। तर, नेकपाले सजिलै सभामुख पाउने सम्भावना भने देखिएको छैन।

हाल उपसभामुख शिवमाया तुम्बाहाम्फे महराको बहिर्गमनसँगै आफै सभामुख बन्ने ‘सपना’ देखिरहेकी छन्। उनी नेकपाकै सांसद हुन्। तर,पार्टी नेतृत्व उनलाई सभामुख बनाउन तयार नभएको नेतहरुका अभिव्यक्तिले देखाउँछ।

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल आफू निकटका सांसदलाई सभामुख बनाउनुपर्ने अडानमा छन् भने अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने सोचमा रहेको उनी निकटहरु बताउँछन्।

तर, यी सोच र दावी पूरा हुनका लागि उपसभामुख तुम्बाहाम्फेको भूमिका नै निर्णायक हुनेछ।  किन? किनकी उनले उपसभामुखबाट राजीनामा नदिएसम्म नेकपाले सभामुख पाउन संवैधानिक रुपमा सम्भव छैन।

एउटै राजनीतिक दलबाट सभामुख र उपसभामुख हुन नसक्ने संविधानको व्यवस्थाका कारण उपसभामुख तुम्बाहाम्फेले बाटो नखोलेसम्म नेकपाले सभामुख नपाउने देखिएपछि उनी आफै सभामुख बन्ने ‘सपना’ देख्न थालेकी हुन्।

नेकपा नेताहरुलाई यो संवैधानिक व्यवस्थाबारे जानकारी नभएको होइन। तर, नेकपा नेतृत्वले हालसम्म उपसभामुख तुम्बाहाम्फेसँग यो विषयमा छलफलसमेत गरेको छैन।

डिसी नेपालसँग उपसभामुख तुम्बाहाम्फेले यो विषयमा शीर्ष नेताहरुसँग छलफल नभएको बताइन्। उनले भनिन्, ‘एक पटक मात्र मेरो र प्रधानमन्त्रीबीच भेट भएको छ, त्यहाँ सभामुखले राजीनामा दिएको विषयमामात्र कुराकानी भयो, अन्य कुरा भएकै छैन।’

नेताहरु आफूमात्र कुरा गर्ने तर, जसले निर्णाक बाटो खोल्ने हो उसैसँग कुरा नगर्ने प्रवृत्तिले नयाँ सभामुख को बन्छ भन्ने विषयको कुनै संकेत देखिन सकेको छैन। तर, तिहारपछि सम्भवत संसदको हिँउदे अधिवेशन आव्हान हुनेछ। त्यसपछिमात्र यो विषयमा छलफल औपचारिक रुपमा अगाडि बढ्ने छ।

उपसभामुखबाट राजीनामा दिनु हुन्छकी हुन्न भने डिसी नेपालको प्रश्नमा उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘यो विषयमा म अहिले बोल्दिन, जब नेताहरुले मलाइ यो प्रश्न गर्छन् अनिमात्र जवाफ दिन्छु।’

उपसभामुख तुम्बाहाम्फेले यो पटक हिउँदे अधिवेशन अलि छिटो बोलाइने सम्भावना रहेको भन्दै संसदको अधिवेशन शुरु भएपछिमात्र भावी सभामुखबारे छलफल हुने उनको भनाइ छ।  वर्तमान राजीनितक अवस्था हेर्दा उप निर्वाचन मंसिर १४ गते सम्पन्न भएपछिमात्र देशले नयाँ सभामुख पाउने सम्भावना रहेको छ।




प्रतिक्रिया

One thought on “यसपछिमात्र नेकपाबाट सभामुख बन्छन्

  1. ” युरोपबाट फर्केर काठमाडौंमा कालिजको व्यापार ” :- यस्तो हो मित्र हरु ( यो मेरो बिचार हो तपाईं हरुलाई पनि सही लाग्छ भन्नि मा छु ) :- धेरै नै मेहनत गर्नी , आफुले उत्पादन गरेको बेचनी , यसो चिनजान , छरछिमेकीहरुलाई पनि दिनी ( आफ्नो मस्कतले उब्जाएको जे गर्न पनि पाइयो नि ) कुरा के हो भने मेहनत गर्न परेयो। अर्काको देशमा , ज्यानलाई मेसिन बनाएर जस्तो पायो उस्तै काम गरेर 2 laakh पाउन भन्दा , आफ्नै मानिसहरुसंग बसेर , आफ्नै काम गरेर , नेपाललाई नै ट्याक्स दिएर , आफै खाना खाएर , सापो नापो महिनाको 20,000 जोगाए पनि यताबाट जित हुन्छ। (1) छोराछोरीलाई सम्पति सांचेर थुपायेर , राख्दिनछू भन्नि तीर लागेर >>>>>>>> छोराछोरी हरुलाई आफु संग ” आसे , आश्रित , नबनाऊ। अहिलेको पुस्ता , आफै गरेर खान्छन। क नपढ़ेकोहरुले त गरेर खाएको छन। (२) छोराछोरीलाई सम्पति सांचेर थुपायेर , राख्दिनछू भन्नि तीर लागेमा , त्यसको छोराछोरीको भबिस्य त्यति राम्रो नहुने , देखियो ( खै के ले काम गरेयो , या , अन्याय न्यायले , फाल्दियो , या आस्से बानीले , तिनीहरुलाई नराम्रोसंग बिगारिदियो (३) आफुलाई चाहिएको प्रयोग गरौ , बाकी रहेमा देखा जाएगा :- बाउ आमाले थुपारिदिन्छन भन्नि ले , सही र राम्रो बाटो हिडन सक्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *