रोकिराखेको बसमा आगलागी

डिसी नेपाल
३ कार्तिक २०७६ १३:५६

ललितपुर। ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा समा आइतबार बिहान आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १०ः५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा २ ख ५९४५ नं। को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए।

ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *