अमेरिकाको कोलोराडोमा दशैं–तिहार विशेष सांगीतिक कार्यक्रम सम्पन्न

डिसी नेपाल
४ कार्तिक २०७६ ९:४८

कोलोराडो, अमेरीका । हिन्दूहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार साँझ साँस्कृतीक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, त्रिभुवन विश्व विध्यालयका पूर्व उपकुलपती तिर्थ खनियाको प्रमुख आतित्थ्यता तथा हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको विशेष आतिथ्यतामा, लोकगायक भगवान भण्डारी र स्थानीय कलाकारहरुका माझ सांस्कृतीक कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको उपस्थिती रहेको थियो।

आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती बिनोद त्रिपाठीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी डा. खनियाले दशैँ, तिहार र छटको शुभकामना दिंदै, नेपाल देखि यती टाढा आएर बसोबास गर्दा पनि नेपालको धर्म संस्कृतीलाई निरन्तरता दिई संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए।

उनले मातृभुमीलाई नभुल्न र यथा सक्य सहयोग गर्न सबैलाई आग्रह गर्दै, प्रवासमा रहेका सबै नेपालीलाई नेपाली राजदूतको संज्ञा दिए।

प्रवासमा रहेका नेपालीबाट देशमा नयाँ प्रविधील्याइ विकास गर्नुपर्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा बिशेष अतिथी नारायण श्रेष्ठ, लोकगायक भगवान भण्डारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका ट्रष्टी पदम विश्वकर्मा, संस्थाका पूर्व अध्यक्षद्धय धर्मराज श्रेष्ठ र शरद आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा साँस्कृतीक कार्यक्रम संचालन भएको थियो । स्थानीय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी लोकगायक भगवान भण्डारी तथा स्थानिय कलाकारहरु निर्मला साप्कोटा र रिता ज्ञावालीबीच दोहोरी गीत सञ्चालन गरि दर्शकहरुलाई नयाँ स्वाद पस्कने प्रयास गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा गायक भण्डारीले आफ्ना चर्चित गीतहरु खैरेनीमा गेट, फुलमा भमरा, बनमा काँडा छ जस्ता गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए।

कार्यक्रम गर्न तोकिएको सेन्चुरी मिडिल स्कुल ईमरजेन्सी सट डाउन गर्नुपरेका कारण अन्तिम घडीमा कार्यक्रम हुने स्थान परिवर्तन गरि वेस्टमिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेन्टमा तोकिएको समय भन्दा २ घण्टा पछाडी कार्यक्रम संचालन भएको थियो ।

आयोजक संस्थाका महासचिव विनय दाहाल र किरण अधिकारीद्धयले कार्यक्रम संचालन गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि लगायतका अतिथिहरुलाई अध्यक्ष विनोद त्रिपाठीले खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमको अन्तमा उपस्थित सबैलाई दशैँ, तिहार र छटको शुभकामना दिँदै महासचिव विनय दाहाल र अध्यक्ष विनोद त्रिपाठीले संकटको घडीमा स्थान उपलब्ध गराई कार्यक्रम सफलपार्न विशेष सहयोग गर्ने याक एण्ड यतिका संचालक दिनेश भट्टराई लगायतले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *