फेरि किन प्रचण्डको असन्तुष्टि?

डिसी नेपाल
५ कार्तिक २०७६ ७:१२

काठमाडौं। सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक हप्तामा देशका विभिन्न स्थानमा पुगेर बोलेको कुरालाई हेर्ने हो भने उनमा तीव्र असन्तुष्टि बढेको आभास हुन्छ।

धनगढी पुगेर कम्युनिष्ट प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीको भनाइको खण्डन होस् वा कम्युनिष्ट बिग्रेको भनाइ हो। अथवा गृह जिल्ला चितवन पुगेर आफ्नै कारण व्यवस्था परिवर्तन हुने चेतावनी, उनको यो छटपटि छताछुल्ल भएको छ। पछिल्लो एक हप्तामा छापाहरुमा आएका समाचारहरुमा पनि उनी अध्यक्ष ओलीसँग असन्तुष्ट रहेको चर्चा भइरहेको छ।

भदौको पहिला हप्ता प्रधानमन्त्री केपी ओली उपचारका लागि सिंगापुर जानुअघि विभाग गठन, झलनाथ खनालको वरियता र वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको निर्णय हुँदा दुई अध्यक्ष मिलेको देखिएको थियो।

उनीहरु त्यतिबेला मिल्नुका पछाडि प्रचण्ड र ओलीबीच कुनै न कुनै सहमति भएको चर्चा छ। र सरकार ओली चलाउने पार्टी प्रचण्डले चलाउने त्यतिबेला दुई अध्यक्षबीच सहमति भएको प्रचण्ड निकटका नेताहरु बताउँछन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएर सभामुख पदबाट राजीनामा दिन बाध्य भएपछि प्रचण्डले आफूलाई एक्लो महसुस गर्न थालेका छन्। महरा प्रकरणमा उनी प्रधानमन्त्री ओलीप्रति पनि सशंकित बनेका छन्।

तर, यस्तो सहमति कार्यान्वयन भने नहुने देखिएपछि प्रण्चण्डमा फेरि छटपटी शुरु भएको हो। प्रधानमन्त्री ओली सिंगापुरमै रहेका बेला सचिवालय सदस्य वामदेव गौतम र महासचिब विष्णु पौडेललाई सिंगापुर बोलाएर सचिवालय बैठक बस्ने वातावरण बन्न नदिएका ओलीले सिंगापुरबाट फर्केपछि पार्टी र सरकारमा प्रचण्डसँग छलफल गर्न कम गरेका थिए।

त्यसैले पार्टी एकीकरणका बाँकी काम यथतावत छन्। पार्टी एकीकरणको काम पूरा नहुँदा एकता महाधिवेशन कहिले हुने भन्ने पनि अन्योल छ।
यहीबीचमा तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएर सभामुख पदबाट राजीनामा दिन बाध्य भएपछि प्रचण्डले आफूलाई एक्लो महसुस गर्न थालेका छन्। महरा प्रकरणमा उनी प्रधानमन्त्री ओलीप्रति पनि सशंकित बनेका छन्।

प्रधानमन्त्री ओलीले कान्तिपुरलाई दिएको अन्तर्वार्तामा महराले अमेरिकी सहयोग सम्बन्धि सम्झौता रोकेको बताएका थिए। जबकी यही कारण महरालाई यौन काण्डमा फसइएको महरा निकटहरुले शुरुदेखि नै दावी गरिरहेका छन्।

प्रधानमन्त्रीको यो भनाइको धनगढी पुगेर प्रचण्डले खण्डन गरेका छन्। उनले महरा एक्लैले यो रोक्न नसक्ने भन्दै पार्टीकै धारणा बनाउन नसकिएको बताएका छन्। अमेरिकी सहयोग सम्बन्धि सम्झौता संसदबाट अनुमोदन नहुँदा ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग रोकिएको छ।

प्रण्चडले सार्वजनिक कार्यक्रममा कम्युनिष्टहरु आफ्नै कारणले पतन हुने भन्दै आफूहरु बिग्रन थालेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले त्यसलाई आफु नेतृत्वको सरकारलाई असहयोगका रुपमा बुझेका छन्। अन्नपूर्ण पोष्टलाई दिएको अन्तर्वार्तामा ओलीले ‘आफै अध्यक्ष हुने अनि बिग्रयो भन्ने सुधारे हुन्छ नी’ भनेर प्रचण्डलाई चुनौती नै दिएका छन्।

सरकार र पार्टी दुबैमा आफ्नो वर्चस्व नभएपछि प्रचण्डमा छटपटी शुरु भएको उनि निकटहरु बताउँछन्। उनी निकट मानिने नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल दुई अध्यक्ष भएकाले अहिले देखिएको जस्तो असन्तुष्टि भइरहने बताउँछन्।

उनले भने, ‘लामो समय भयो पार्टीको बैठक भएको छैन। पार्टी र सरकार सञ्चालमा दुई अध्यक्षबीच खासै छलफल भएको देखिँदैन। त्यसैले पनि अध्यक्ष प्रचण्ड अलि असन्तुष्ट देखिनु भएको हो।’  उनले एउटा पार्टीमा दुई अध्यक्ष खासै मिल्ने कुरा नै नभएको टिप्पणीसमेत गरे। दुई अध्यक्ष भएपछि स्वभाविक रुपमा उनीहरुबीच समस्या उत्पन्न हुने बताए।

तर, हरिबोल गजुरलेको भनाइमा ओली निकट मानिएका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने दुई अध्यक्षबीच कुनै समस्या नभएको दावी गर्छन्। उनले भने, ‘उहाँहरुबीच हार्दिकता छ, आजपनि हामीसँगै थियौं हार्दिकतापूवर्क छलफल भएको छ। त्यस्तो कुनै समस्या छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *