न्यूयोर्कमा बृहत नेपाली समुदायद्वारा ‘जनगणना २०२०’का लागि कमिटी गठन
न्यूयोर्क, अमेरिका । न्यूयोर्कमा बृहत नेपाली समुदायले जनगणना २०२० का लागि बृहत नेपाली कम्प्लेट काउन्ट कमिटी गठन गरेको छ ।
न्यूयोर्कमा रहेको नेपाली समुदायले अमेरिकाको जन गणना २०२० लाई लक्षित गरी सेन्सस ब्युरोको पार्टनरको रुपमा काम गर्न र सबै नेपालीहरुलाई जनगणनामा समेल गराउन बृहत नेपाली कम्प्लेट काउन्ट कमिटी गठन गरेको हो ।

शेर्पा किदुगद्वारा गत अक्टोबरमा आयोजना गरेको बृहत नेपालीहरुको भेलाले रिजवुड नेपाली समाजका महासचिव दिपक राज कफ्लेको संयोजक्त्वमा विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र स्वन्तन्त्र बूद्धिजिवीहरु सम्मिलित गराई उक्त समिती गठन गरेको हो ।
शेर्पा किदुगका महासचिव कर्मा लामाद्वारा स्वागत मन्तब्यसहित संचालित कार्यक्रममा सेन्सस ब्युरोका पर्ट्नर स्पेसिलिस्ट लोप्साङ् ठिन्ले सलाकाले जनगणना २०२० को बारेमा विस्तृत जानकारी गराएका थिए भने अधिकारका डाइरेक्टर नर्बदा क्षेत्री, कोलोम्बिय युनिभर्सिटीका प्रोफेसर डा. तारा निरौला, शेर्पा किदुगका सेन्सस प्रतिनिधि ल्हाक्पा गेलु शेर्पा र रिजवुड नेपाली समाजका महासचिव दिपक राज काफ्लेले जनगणना २०२० महत्व बारेमा आ आफ्नो धारणा राखेका थिए।

शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले जनगणना २०२०लाई सफल बनाउन बृहत नेपाली कम्प्लेट काउन्ट कमिटी गठन गर्नुको उद्देस्य र महत्वबारे जानकारी दिएका थिए।
शेर्पा किदुग अमेरिकाले शेर्पा किदुग कम्प्लेट काउन्ट कमिटी गठन गरी पाँचवटा उप समितीहरु समेत गठन गरीसकेको जानकारी गराउँदै उनले अन्य सबै नेपाली संघसंस्था र समुदस्यलाई पनि आ आफ्नै कम्प्लेट काउन्ट कमिटीहरु गठन गर्न आह्वान गरेका थिए।

नेपालीहरुको सामुहिक आवश्यकताको लागि शेर्पा किदुगको आफ्नै भवनमा अयोजित उक्त कार्यक्रममा न्यूयोर्क क्षेत्रका नेपाली समुदायको उल्लेखनिय उपस्थिती रहेको थियो। शेर्पा किदुगले सोही दिन जनगणना २०२०को लागि रोजगार मेला, मतदाता रेजिष्ट्रेसन, किफायती आवास सम्बन्धी कार्यक्रम पनि राखेका थिए।
समितिका सदस्यहरु
संयोजकः दिपक राज काफ्ले
सदस्यहरु :
उर्गेन शेर्पा
छिरिङ राप्के लामा
केशब राम राई
ल्हाक्पा गेलु शेर्पा
अमित शाह
मात्से गुरुङ
रोशन दुंगाना
यदब बस्तोला
छेमाङ लामा
निमा लामा
बाबु राजा
दीपेन्द्र लामा
डा. नरेश शाक्य
प्रेम गुरुङ
श्याम कार्की
कुल प्रशाद गौले (राजन)
पुष्प अधिकारी गौतम
सल्लाहकारहरुः
डा. तारा निरौला
अजय छोछोन
मोहन ज्ञावाली
पेम्बा गेल्जेन शेर्पा
छोङ्बा शेर्पा
ईन्द्र तामाङ
बिष्णुमान प्रधान
तेम्बा शेर्पा
प्रणा अधिकारी
तेम्बा शेर्पा
आङ गेल्जेन शेर्पा
रामहरि अधिकारी
मान ब रानामगर
सञ्जय थापा
मुनिन्द्र बिक्रम नेम्बाङ
समीर महर्जन
राज कुमार बिष्ट
लोप्साङ ठिन्ले सलाका (सेन्सस ब्युरो स्पेसिलिस्ट)
No ads found for this position

डिसी नेपाल
Facebook Comment