आज घट्यो सुनको भाउ, चाँदीको स्थिर

डिसी नेपाल
५ कार्तिक २०७६ १०:५१

काठमाडौं । आज साताको तेस्रो दिन (मंगलबार) सुनको भाउ घटेको छ । अघिल्लो साता प्राय स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा खासै परिवर्तन नआएको तथा अमेरिका र चीनबीच व्यापारिक गरिरोधको अन्त्यका लागि हुने भनिएको वार्ताको मिति तय नभएकाले पनि अन्तराष्ट्रिय बजारमा सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *