काँग्रेस उपसभापति महतको डेंगुका कारण निधन

डिसी नेपाल
७ कार्तिक २०७६ ९:०५

काठमाडौं। नेपाली काँग्रेस दैलेखका उपसभापति भुपेन्द्रजंग महतको भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका निधन भएको छ। डेंगु संक्रमणपछि उनको एपोलो अस्पतालमा उपचार भइरहेको थियो।

भारतको मुम्बई भ्रमणमा रहेका महत विरामी परेपछि दिल्लीमा उपचारका लागि लगिएको नेपाली काँग्रेस दैलेख क्षेत्र नम्बर २ का सपभाति तथा दुल्ल नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए। उपसभापति महतको निधनपछि नेपाली काँग्रेस दैलेखको आकस्मिक बैठक बिहीबार बस्न लागेको क्षेत्रीय सभापति भण्डारीले जानकारी दिए।

विभिन्न चाड पर्वका अवसरमा काँग्रेसको आयोजना हुने सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिने उनले बताए।  दिवंगत महतको शव ल्याउनका लागि परिवारका सदस्यहरु दिल्ली गएको जनाइएको छ। महत नेविसंघ दैलेखको सभापति र तरुण दल दैलेखको पनि सभापति भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *